default_image

6 years ago

July 14, 2018

इंग्ल्यान्डलाई हराउंदै बेल्जियम विश्वकपमा तेस्रो

113 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे ।

खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ गोल गर्न सफल भएको हो । काउन्टर-अट्याकमा केभिन डे ब्रुयनको पासमा हाजार्डले गोल गर्दै टोलीको जित तथा तेस्रो स्थान सुनिश्चित गरेका हुन् ।

बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्ने दुई राम्रा अवसर गुमाएका थिए भने इंग्ल्यान्डका लागि ह्यारी केनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । इंग्ल्यान्डका एरिक डायरको प्रहार बेल्जियमका टोबी एल्डरवेरल्डले गोल-लाइनबाट बचाऊ पनि गरेका थिए ।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १-० ले जित हात पारेको थियो ।

प्रतियोगितामा ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनको गोल्डेन बुट जित्ने पक्का जस्तै भएको छ । अब भोलि विश्वकपको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्ने छन् ।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.