7 years ago
July 14, 2018
बागलुङ (हाम्रो खेलकुद)– बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हासिल गर्दै सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो ।
शनिबारको खेलमा चिल्ड्रेन लाईफले अमृत आदर्श माविलाई ५–० ले हरायो । विजयी टोलीका लागि अजय पुन र मनोज पुनले समान २ तथा मनोज पुनले अर्को गोल गरे । दोस्रो खेलमा अमर आदर्शले विद्यामन्दिर माविलाई २–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । अमरको जितमा पवन रोका र आरोज सुनारले गोल गरे ।
बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा आइतबार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी तथा दोस्रो सेमिफाइनल चिल्ड्रेन लाईफ र अमर आदर्शबीच हुनेछ । नकआउटको आधारमा जारी प्रतियोगिताको विजेताले १५ हजार र दोस्रो हुनेट टोलीले ८ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]