7 years ago
July 14, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै रियल म्याड्रिडले अनेक विकल्प खोज्न थालेको छ । त्यसमध्ये एउटा लोनमा बायर्न म्युनिखमा रहेका हामेस रोड्रिग्वेजलाई फर्काउने विषयमा पनि क्लब सकारात्मक रहेको बताइएको छ ।
कोलम्बियन स्टार रोड्रिग्वेजको लोन सम्झौता सन् २०१९ जुन ३० सम्म रहेको छ । त्यसपछि पनि बायर्नले उनलाई स्थायी रुपमा क्लबमा राख्न सक्ने विकल्प छ । यदि स्थायी सम्झौता भएको खण्डमा भने उनी रियल फर्कने सम्भावना टुंगिनेछ ।
मार्काका अनुसार रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेज र रोड्रिग्वेज स्वयम पनि बायर्नबाट पुन स्पेन फर्कन इच्छुक रहेको बताइएको छ । जर्मन च्याम्पियन बायर्नले लोन सम्झौता टुंगिएपछि उनलाई स्थायी रुपमा क्लबमा भित्राउन सक्ने बताउँदै आएको छ । तर, अहिले परिस्थिति बदलिएको छ ।
क्लबका सुपर स्टार रोनाल्डो इटालियन क्लब युभेन्ट्स जानुअघि प्रशिक्षक जिदेदिन जिदानले पनि रियल छाडिसकेका छन् । तर, क्लबका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको योजनामा रोड्रिग्वेज पर्छन् कि पर्दैन त्यो महत्वपूर्ण विषय हुनेछ । बायर्न जानुअघि रोड्रिग्वेजले रियलसँग २०२१ सम्मको सम्झौता गरेका थिए ।
सन् २०१४ को विश्व कपमा उच्च प्रदर्शन गरेपछि उनी रियल पुगेका थिए । पहिलो सिजन ४६ खेल खेल्ने क्रममा १७ गोल गरेका रोड्रिग्वेजले १८ एसिस्ट गरेका थिए । तर, जब राफा बेनिटेजले क्लबको प्रशिक्षण सम्हाले र त्यसपछि जिदानले नेतृत्व लिए त्यसपछि भने उनी पहिलो रोजाइका लागि संघर्ष गर्न बाध्य भए ।
एट्याकिङ मिडफिल्डरले बार्यनमा गत सिजन ३९ खेलमा ८ गोल गर्नुका साथै १४ एसिस्ट गरे । जिदान र रोनाल्डोको बर्हिगमनसँग क्लबका अध्यक्ष उनलाई फर्काउने योजनामा रहेको र जसले युरोपियन च्याम्प्यिन क्लबमा पुरा मौका पाउन सक्ने विश्वास गरिएको छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]