7 years ago
July 13, 2018
मस्को (एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो ।
यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले जुन/जुलाईको महिनामा कतारमा अत्यधिक गर्मी हुने भन्दै जाडो मौसममा गर्ने निर्णय गरेको हो ।
फिफाको पछिल्लो निर्णयले युरोपियन चर्चित घरेलु लिगहरु इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेस लिगा प्रभावित हुने देखिएको छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]