default_image

7 years ago

July 13, 2018

एभरेष्ट र सिदार्थ एन्फा कपको सेमिफाईनलमा प्रवेश

60 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी र सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा न्यू एभरेष्ट एकेडेमीले रुद्रेपिपल माविलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

एभरेष्टलाई सेमिफाईनलमा प्रवेश गराउन खेलको ११ औं मिनेटमा अरुण बोहोराले गरेको गोल निर्णयक बन्यो । खेलअवधिभर दुवै टिमबाट अन्य गोल नभएपछि एभरेष्ट सेमिफाईनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा फ्युचर ब्राइटर बोर्डिङलाई ट्राइबेकरमा पराजित गर्दैै सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि सेमिफाईनलमा जाने टिमको निर्णय ट्राइबेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा सिदार्थले फ्यूचर ब्राइटर बोर्डिङलाई ३–१ ले पन्छाएको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार क्वाटरफाईनलका अन्य दुई खेल हुनेछन् । शुक्रबारको पहिलो क्वाटरफाइनल खेल अमृत आदर्श मावि विरुद्ध चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र दोस्रो खेल विद्यामन्दिर मावि विरुद्ध अमर आदर्श बोर्डिङ विच हुने बागलुङ जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछभने विद्यालय प्रदेशस्तरमा हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.