7 years ago
July 13, 2018
एथेन्स (एजेन्सी)– पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रानाल्डो यो साता निकै व्यस्त रहे । ३३ वर्षे उनी १ सय मिलियन पाउन्डमा युभेन्ट्स जाने मंगलबार निधो भएको थियो । रियल म्याड्रिडले क्लब छाड्ने अनुमति दिएपनि उनको युभेन्ट्स यात्रा पक्का भएको थियो ।
रोनाल्डो र युभेन्ट्सका अध्यक्ष आन्द्रेय एग्निलीबीच मंगलबार दिउँसो ग्रिसको एक होटलमा भेट भएको थियो । जहाँ उनी प्रेमिका र परिवारका साथ विदा मनाइरहेका थिए । युभेन्ट्समा उनीले प्रति हप्ता ५ लाख पाउन्ड पारिश्रमिक पाउने बताइएको छ । बिहिबार भने उनीले परिवार र साथीहरुसँग रमाइलो गरे । रोनाल्डोले आफुसहित १० जनाको डिनर समयको फोटो इन्स्टाग्राममा राखेका छन् । उनले लेखेका छन्, लभ्ली मुभमेन्ट !
रोनाल्डोकी आमाको पार्टनर जोसे एन्ड्रेडेले रोनाल्डोको खेल जीवनको नयाँ यात्राका लागि उनीहरु दुई जनाले टोस्ट गरेको फोटो सामाजिक सञ्जालमा राखिएका छन् । ९ वर्ष लामो यात्रामा रियलमा थुप्रै उपलब्धी हासिल गरेर अन्तत रोनाल्डोले नयाँ यात्रा रोजेका हुन् । रियलमा ४ च्याम्पियन्स लिग, २ ला लिगा उपाधि जितेका रोनाल्डो ४ सय ५० गोलसहित रियलका सर्वाधिक गोलकर्ता हुन् ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]