7 years ago
July 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडमा गेराथ बेलको भविष्य केहि दिनमा टुंगिने सम्भावना देखिएको छ । बेल र रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइबीच उनको भविष्यलाई लिएर छलफल हुने भएको छ । रियलका अधिकांश खेलाडी नयाँ सिजनको लागि प्रशिक्षणमा फर्केपनि बेल भने आफु नयाँ प्रशिक्षकको योजनामा पर्ने नपर्ने विषयमा प्रष्ट हुन चाहेको बताइएको छ ।
बेलका प्रतिनिधि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग क्लबका वेल्सका अन्तर्राष्ट्रिय खेलाडीको भविष्यका विषयमा छलफल गर्ने बताइएको छ । रियलल नयाँ सिजनाक लागि नेयमार, केलियन एमबाप्पले र इडन हेजार्डलाई भित्राउने तयारीमा रहेको बताएको छ ।
यद्दपी क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएका कारण रियल बेललाई गुमाउँन चाहदैन । यहि बीचमा म्यानचेस्टर युनाइटेड पनि बेललाई प्रिमियर लिग फर्काउने प्रयासमा छ । यद्दपी, त्यसको औपचारिक प्रयास भने सुरु भएको छैन ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]