default_image

7 years ago

July 13, 2018

रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को ?

48 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृत्व गरेका थिए ।

रोनाल्डोले आफ्नो बाटो रोजिसकेका छन् । अब क्लबलाई भने उनको ठाँउ कसरी पुरा गर्ने भन्ने चिन्ता पक्कै हुनेछ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारलाई रियलमा रोनाल्डोको विकल्पका रुपमा हेरिएको छ । तर, समर्थको रोजाइमा नेयमार नभइ पिएसजीकै अर्का स्टार अगाडि रहेका छन् ।

स्पेनिस दैनिक मार्काले रियल समर्थकमा गरिएको मत सर्वेक्षणमा पिएसजीका स्टार केलिएन एमबाप्पे शीर्षस्थानमा रहेका छन् । उनको पक्षमा ५४ प्रतिशत मत देखिएको छ । त्यस्तै रोनाल्डोको विकल्पका रुपमा चेल्सीका इडन हाजार्ड दोस्रो नम्बरमा छन् । उनी १५ प्रतिशतले रुचाइएका खेलाडी हुन् ।

१४ प्रतिशत मतका साथ नेयमार तेस्रो स्थान छन् भने चौथो स्थानमा रहेका टोटेनह्यामका ह्यारी केनको पक्षमा १० प्रतिशत मत रहेको छ । पछिल्लो समय १९ वर्षे एमबाप्पे चर्चामा छन् । जारी विश्व कपमा पनि उनको प्रदर्शन चर्चामा छ । फ्रान्सले आइतबार क्रोएसियासँग विश्व कपको फाइनल खेल्दैछ । समर्थकको मत जस्तो भएपनि नयाँ खेलाडी भित्राउने मामलामा रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले निर्णय गर्नेछन् ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.