7 years ago
July 12, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ ।
चेल्सीले कोन्टेको अनुबन्ध अझै १ वर्ष बाँकी रहँदै मुख्य प्रशिक्षक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उनको सम्झौता सकाउन ९ मिलियन पाउन्ड कर दिने सहमति सहित बर्खास्ती गरेको हो ।
कोन्टेको स्थानमा इटालियन क्लब नपोलीका पूर्व प्रशिक्षक मौरीजियो सारीले नियुक्त गर्ने निर्णय गरेको छ । इटालीयन कोन्टेको प्रशिक्षण चेल्सीले २०१६/१७ को सिजनको प्रिमियर लिगको उपाधि जितेपनि अघिल्लो सिजन भने पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।
एफए कपको उपाधि भने जिताउन सफल भएको थियो । आउने प्रिमियर लिग सिजन अगष्ट १० मा सुरु हुने छ । चेल्सीले पहिलो खेलमा हडर्सफिल्डको सामना गर्ने छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]