default_image

6 years ago

July 12, 2018

फ्यूचर र विद्यामन्दिर एन्फा कपको क्वाटरफाईनलमा

36 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा फ्यूचर बोर्डिङ र विद्यामन्दिर मावि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बिहीबारको पहिलो खेलमा फ्यूचर बोर्डिङले सनराइज बोर्डिङलाई २–० गोलअन्तरले पन्छाएको हो । फ्युचरलाई क्वाटरफाईनलमा पुर्‍याउन खेलको १५ औं मिनेटमा सागर थापाले गोल गरेका थिए भने एक आत्मघाती गोल भएको थियो । खेलको ५१ औं मिनेटमा सनराइजका सौगात पौडेलले आत्मघाती गोल गरेका थिए ।

बिहीबारको दोस्रो खेलमा विद्यामन्दिर माविले आदर्श विद्यामन्दिरलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । विद्यामन्दिरको लागि खेलको १४ औं मिनेटमा राजकुमार रसाइली र ४८ औं मिनेटमा दिपक पुन मगरले गोल गरेका थिए ।

यस्तै न्यू लाइफ र न्यून ओयसिस बोर्डिङ उपस्थित नभएपछि दुवै टिमलाई वाकओभर दिइएको प्रतियोगिता संयोजक विकास थापाले जानकारी दिए । समुह चरणमा न्यू लाईफ उपस्थित नभएपछि न्यू एभरेष्ट एकेडेमी क्वाटरफाईनलमा प्रवेश गरेको छ भने न्यू ओयसिस उपस्थित नभएकाले अमृत आदर्श बोर्डिङ क्वाटरफाईनलमा प्रवेश गरेको संयोजक थापाले बताए ।

यस्तै प्रतियोगिता अन्तरगत शुक्रबार क्वाटरफाईनलका खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनल खेल रुद्रेपिपल मावि विरुद्ध न्यू एभरेष्ट एकेडेमी र दोस्रो खेल सिदार्थ शिक्षा सदन विरुद्ध फ्यूचर बोर्डिङ विच हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।

नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछ भने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताए । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Success

Thank you for your time.