7 years ago
July 12, 2018
मस्को (एजेन्सी)– फ्रान्सका सुपरस्टार केलियन एमबाप्पेले बालोन डी ओर अवार्डका विषयमा आफुले खासै वास्ता नगरेको बताएका छन् । लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बालोन डी ओर जित्ने सम्भावनाका बारेमा प्रश्न गर्दा उनले आफुलाई त्यसमा खास चासो नरहेको भन्दा ठाडो जवाफ दिएका छन् ।
पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले मात्र बालोन डी ओर जित्दै आएका छन् । दुवैले समान ५ पटक जितेका छन् । साधारण खेलाडीले अहिले पनि ती दुईलाई पछि पार्न कठिन देखिन्छ । तर, विश्व कप विजेता मध्ये कोही छनोटमा परेमा उपाधि दौड खुला हुने विश्वास लिएको छ ।
फ्रान्सलाई विश्व कप फाइनल सम्म पुर्याउन एमबाप्पेको भूमिका पनि महत्वपूर्ण हुँदै आएको छ । फ्रान्स र क्रोएसियाबीच शनिबार फाइनल हुँदैछ । पेरिस सेन्ट जर्मेनका फरवार्ड एमबाप्पले भने व्यक्तिगत अवार्डका बारेमा खासै महत्व दिदैनन् ।
मलाई त्यसमा खासै वास्ता छैन । म विश्व कप जित्न चाहन्छ । उपाधि लिएर सुत्न चाहन्छु, एमबाप्पले भने, म १९९८ मा जन्मेको हु । मैले उपाधिसहित खुसीयाली मनाएको देखेको छैन । फाइनलमा म आफ्नो सतप्रतिशत दिनेछु । हामी मैदानमा जस्तो सुकै मेहनत गर्न तयार छौं ।
बेल्जियमविरुद्ध सेमिफाइनलमा १–० को जितमा पनि एमबाप्पेको प्रदर्शन उच्च रहेको थियो । जारी विश्वकपमा ३ गोल गरिसकेका एमबाप्पे आफ्नो पुस्ताका उत्कृष्ट खेलाडीका रुपमा स्थापित भइसकेका छन् ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]