7 years ago
July 12, 2018
मस्को (एजेन्सी)– इङ्ल्यान्डका सञ्चारमाध्यमले आफुहरुलाई कमजोर आकेको क्रोएसियाका कप्तान लुका मोड्रिचले बताएका छन् । विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि मोड्रिचको यस्तो भनाई सार्वजनिक भएको हो ।
थप समयमा मारियो मान्डुकिजले गोल गरेपछि क्रोएसियाले आइतबार हुने फाइनलका लागि फ्रान्ससँगको भेट पक्का गरेको थियो । खेलअघि गेराथ साउथगेटको इङ्ल्यान्डलाई क्रोएसियामाथि हावी हुने अनुमान गरिएको थियो । क्रोएसियाले सेमिफाइनलअघिका दुई खेल थप समय र पेनाल्टीमा पुगेर दुई पटक जितेकाले पनि इङ्ल्यान्ड हावी हुने अनुमान थियो ।
मोड्रिचले इङ्लिस सञ्चारमाध्यम सेमिफाइनल अघि नम्र र आदर देखाउनु पर्ने बताएका छन् । ‘जे हाम्रा विषयमा चर्चा थियो । हामीले फरक ढंगले आफुलाई प्रमाणित गरेका छौं । विशेषत इङ्लिस पत्रकार, टेलिभिजन पण्डितहरुले क्रोएसियालाई कम आक्नु गल्ति थियो,’ मोड्रिचले भने, हामीले सबै भनाईलाई ग्रहण गर्यौं । पढ्यौं र हामीले भन्यौं, ठिक छ । खेलमा देखियो कसले बढी प्रयास गर्यो । उनीहरुले विपक्षीलाई नम्र र आदरणीयभाव देखाउनु राम्रो हुन्थ्यो ।’
रियल म्याड्रिडका मिडफिल्डर मोड्रिचले क्रोएसियाले इङ्ल्यान्डलाई मानसिक र शारीरिक रुपमा पछि पारेको बताए । यद्दपी इङ्ल्यान्डले पटक पटक अग्रतलाई दोब्बर पार्ने मौका खेर फालेको थियो । ‘हामी थाकेका छैनौं भनेर फेरि एकपटक प्रमाणित गरेका छौं । हामीले मानसिक र शारीरिक रुपमा पनि उनीहरुलाई दबाबमा राख्यौं,’ उनले भने, ‘हामीले थप समयमा भन्दा अघि नै नतिजा निकाल्नुपर्थ्यो । तर पनि हामी सफलता अद्भुद छ । यो सपना साचो भए सरह हो ।’
विश्व कप फाइनल पुग्नुलाई क्रोसियाली खेलकुद इतिहासका लागि महत्वपूर्ण सफलता रहेको र त्यसमा सबैलाई गर्व लागेको बताउँदै उनले भने, यो उत्कृष्ट क्षण मध्येको एक हो । यदि हामी फाइनलमा पनि सफल भयौं भने त्यो अहिले सम्मकै उत्कृष्ट हुनेछ ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]