default_image

6 years ago

July 12, 2018

सर्वाधिक गोलकर्ता कप्तान केनको पीडा

44 views

0 Bookmark

मस्को (एजेन्सी)– विश्वकपको सेमिफाइनलबाट बाहिरिदा निकै पिडा बोध भएको इङ्ल्यान्डका कप्तान ह्यारी केनले बताएका छन् । १–० ले अग्रता लिएको क्रोएसियाविरुद्धको सेमिफाइनल इङ्ल्यान्डले अन्तमा २–१ ले गुमाएको थियो । मारियो मान्डुकिजको निर्णायक गोलमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा इङ्ल्यान्ड उपाधि दौडबाट बाहिरिएको थियो ।

काने आफै पनि खेलमा संघर्ष गरिरहेका थिए । खेलपछि शब्द विहिन देखिएका केनले सपनाको अन्त्य भएको बताएका छन् । ‘यस्तोमा आँसु झर्नुका स्वभाविक हो । निकै दुःख लागेको छ ,’ सेमिफाइनल सम्मको समाप्तीमा ६ गोलसहित सर्वाधिक गोलकर्ता रहेका केनले भने, ‘यद्दपी गर्वका साथ हामीले शिर ठाडो गर्न सक्छौं । विश्व कप यात्रा निकै सुखद रह्यो । सबैले गर्व महसुस गरेका छन् । तर, हामी जित्न चाहन्थ्यौं ।’

उनले आफ्नो टोलीले सेमिफाइनलमा केहि कमजोर प्रदर्शन गरेको स्वीकारे । ‘अग्रता लिएपछि अब हामी जित्छौ भन्ने थियौं,’ उनले भने, ‘तर त्यसपनि हामीले राम्रो गर्न सकेनौं । दुःख लागेको छ । बोल्ने धेरै ठाँउ छैन ।’

अब इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमको सामना गर्नेछ । समूह चरणमा यी दुई टोलीबीचको प्रतिस्पर्धामा बेल्जियम १–० ले विजयी भएको थियो । केनसँगको प्रतिस्पर्धामा बेल्जियमका रोमेलु लुकाकु (४ गोल) छन् । क्रोएसिया र फ्रान्सबीच आइतबार विश्वकपको फाइनल हुनेछ ।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.