default_image

7 years ago

July 12, 2018

क्रोएसिया पहिलो पटक विश्व कपको फाइनलमा, इङ्ल्यान्ड पराजित

78 views

0 Bookmark

मस्को (एजेन्सी)– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।

१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ । बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ । सन् १९६६ पछि विश्व कप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन ।

मान्डुकिजले थप ३० मिनेट समयको २१ औं मिनेटमा गोल गरेका थिए । इभान प्रिसिसले हेडमार्फत दिएको पासलाई मान्जुकिजले गोलमा परिणत गरेका थिए । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो ।  ६८ औं मिनेटमा प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । सिमे भ्रासल्ज्कोको क्रसमा प्रिसिसले गोल गरेका थिए ।

खेलको पाँच मिनेटमा इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । केरन ट्रिपेयरले पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्सको केहि बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका थिए । यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपेयरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके ।

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

Success

Thank you for your time.