7 years ago
July 12, 2018
मस्को (एजेन्सी)– विश्वकप फुटबलको दोस्रो सेमिफाइनलको पहिलो हाफको समाप्तीमा इङ्ल्यान्डले क्रोएसियाविरुद्ध १–० को अग्रता लिएको छ । खेलको सुरुवातमै इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ ।
अग्रतालाई जोगाउन सके इङ्ल्यान्ड १९६६ पछि पहिलो पटक फाइनलमा पुग्नेछ । फ्रान्स भने यसअघि नै फाइनल पुगिसकेको छ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स अन्तिम दुईमा पुगेको यिथो । यसअघि एक पटक फाइनलको अनुभव बटुलेको इङ्ल्यान्ड त्यो संस्करण जितेको थियो । केरन ट्रिपेयरले पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
पेनाल्टी बक्सको केहि बाहिरि प्राप्त पेनाल्टीमा ट्रिपेयरले गोल गरेका थिए । यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपेयरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]