7 years ago
July 11, 2018
बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा अमर आदर्श बोर्डिङ र साविक विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेलमा कोरोना एकेडेमी उपस्थित नभएपछि चिल्ड्रेन लाईफ दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा मैदानमा उपस्थित नभएको र सम्पर्कमा पनि नआएकाले कोरोनालाई वाकओभर दिँदै चिल्ड्रेन लाईफलाई विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक विकास थापाले जानकारी दिए ।
अमर आदर्श बोर्डिङले कालिगण्डकी बोर्डिङलाई टाईब्रेकरमा ४–१ गोलले पन्छाएको हो । खेलको निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।टाईब्रेकरमा कालिगण्डकीका अजित रायमाझीको प्रहार अमरका गोलरक्षक सन्तोष क्षेत्रीले बचाएका थिए भने सिशान्त थापाको प्रहार बारमा लागेको थियो । अमर आदर्शका ४ खेलाडी प्रहार गोलमा परिणात भएका थिए ।
यस्तै प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो खेल फ्यूचर ब्राइटर बोर्डिङ विरुद्ध सनराइज बोर्डिङ र दोस्रो खेल विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्ध आदर्श विद्यामन्दिर विच हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताए । यस्तै उपविजेताले नगद ८ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]