7 years ago
July 11, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडमा नौ वर्ष लामो यात्रालाई अन्त्य गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्समा बाटो रोजेका छन् । रियलमा रहँदा उनले क्लबलाई जति सफलता दिलाए आफै पनि उत्तिकै सफल खेलाडीका रुपमा प्रमाणित भए । रियल छोड्दा उनी क्लबका सर्वाधिक गोलकर्ता बनेका छन् ।
४ सय ४८ खेलमा उनले ४ सय ५० गोल गरेका थिए । जसमा ४४ ह्याट्रिक सामेल छ । उनले रियलमा चार पटक च्याम्पियन्स लिग उपाधि जिते । चारमध्ये सन् २०१६ यता लगातार तीन उपाधि छन् । रियल पहिलो क्लब हो जसले च्याम्पियन्स लिग उपाधि रक्षा गर्न सफल भयो ।
समग्रमा रियलमा हुँदा रोनाल्डोले १६ वटा ट्रफी जिते । जसमा २ ला लिगा र २ कोपा डेल रे उपाधि छन् । रियलमा रहँदा उनले चार पटक बालोन डी ओर उपाधि जिते । त्यसअघि उनले म्यानचेस्टर युनाइटेडमा हुँदा एक पटक जितेका थिए । समग्रमा उनले बालोन डी ओर उपाधि जित्ने कीर्तिमानमा लियोन मेस्सीसँग बराबरी गरेका छन् ।
अब नयाँ चुनौति सामना गर्ने उद्देश्यका साथ रोनाल्डोले युभेन्ट्स जाने निर्णय लिएका छन् । अब उनले रियलमा जत्तिकै सफलता प्राप्त गर्न सक्लान् ? यो चासो सुरु भएको छ । स्पेनिस दुई ठूला क्लब रियल बार्सिलोनाबीच जति प्रतिस्पर्धा छ । त्यत्ति नै प्रतिस्पर्धा रोनाल्डो र मेस्सीबीच रहँदै आएको छ । अब ला लिगामा भने यी दुईको प्रतिस्पर्धा टुंगिएको छ । यद्दपी यी दुईमा को उत्कृष्ट भन्ने चर्चा भने अझै चल्ने सम्भावना छ । दुवैलाई महान खेलाडी मान्नेको विश्वमा कमी छैनन् ।
अब रियल र रोनाल्डोको बाटोा अलग भएको छ । रोनाल्डो रियलका विगत भइसकेका छन् । रियलका कप्तान सर्जियो रामोसले रोनाल्डोको तारिफमा ट्विट गरेका छन् । ‘तिम्रो गोल, नम्बर र सबै हामीले संयुक्त रुपमा प्राप्त गरेका सफलता आफैले सबै प्रष्ट पार्छ’ , उनले लेखेका छन्, ‘हामीले रियलको इतिहासमा विशेष स्थान प्राप्त गरेका छौं ।’
रोनाल्डोको सबैभन्दा सफल सिजन सन् २०११/१२ मा रह्यो । उनले त्यो रियल र पोर्चुगलका लागि ६९ गोल गरे । उनीले लगातार तीन सिजन ६० गोल गरेका छन् । इटाली पुग्दा उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा पुग्नेछन् । युनाइटेड र रियलमा हुँदा १ सय ५६ खेल खेलेका उनले १ सय २० गोल गरेका छन् । त्यस्तै एसिस्टमा पनि उनी शीर्षस्थानमा छन् । उनले ३६ एसिस्ट गरेका छन् ।
३३ वर्षे रोनाल्डोले खेल जीवनको नयाँ चुनौति स्वीकार्ने क्रममा युभेन्ट्ससँग चार वर्षको सम्झौता गरेका छन् । युभेन्ट्स पनि आफुलाई युरोपको पावर हाउसका रुपमा आफुलाई उभ्याउने कोशिसमा छ । टोलीले सिरिएको लगातार सात उपाधि जित्दै सफलताको कथा लेखिरहेको छ । अब आउने दिनमा टोलीको सफलता कस्तो हुनेछ त्यसमा रोनाल्डोको भूमिका अहम रहने निश्चित छ ।
रियलमा रोनाल्डोको सफलता
४५० – ४ सय ३८ खेलमा उनले यो सफलता प्राप्त गरे
१७ – २०१३/१४ को सिजनमा च्याम्पियन लिगमा मात्र उनले कीर्तिमान १७ गोल गरे
१०५ – उनले रियलका लािग मात्र च्याम्पियन्स लिगमा १०५ गोल गरे । जसमा १६ गोल २०१५÷१६ र पछिल्लो सिजन १५ गोल गरे
४ – च्याम्पियन्स लिग उपाधि, त्यसमध्ये पछिल्लो तीन वर्ष लगातार
३११ – ला लिगाका गोल
२ – ला लिग उपाधि २०११÷१२, २०१६/१७
१६ – महत्वपूर्ण क्लब उपाधि । घरेलु कप, २ घरेलु र ३ युरोपिन सुपर कप, ३ क्लब विश्व कप
४– रियलमा हुँदा प्राप्त । समग्रमा ५ । पहिलो सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा हुँदा
४४ – ह्याट्रिक । यो क्लबको इतिहासमा पुरा गर्ने पहिलो खेलाडी । पछिल्लो सिजनमा २ ह्याट्रिक
८– ४ वा त्यो भन्दा बढी गोल गरे ।
८– ग्रानाडालाई ९–१ ले हराउँदा उनले ८ मिनेटमा ह्याट्रिक गरे ।
६१ – २०१४÷१५ को सिजनमा सबै प्रतियोगितामा गरि ६१ गोल । जसमा लिगमा मात्र ४८ गोल
८० मिलियन पाउन्ड – रोनाल्डो २००९ मा युनाइटेडबाट रियल पुगेका थिए । तत्कालिन समयको त्यो विश्व कीर्तिमान रकम ।
९२.७ मिलियन पाउन्ड – रियलले रोनाल्डोलाई बेच्दा गरेको नाफा
६५८ गोल – खेल जीवनको गोल संख्या । युनाइटेड ११८, स्पोर्टिङ लिस्बन ५, पोर्चुगल ८५
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]