7 years ago
July 11, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप अन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरीएभन्दा निकै चाँडो घर फकर्न बाध्य भए ।यसक्रममा साना टोलीका केहि खेलाडीले भने विश्व फुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी जसले यसपटक राम्रो प्रदर्शन गरे, यसप्रकार छन् :
५. जुआन क्विन्टेरो (कोलोम्बिया)
रुसको विश्वकपमा मिडफिल्डर क्विन्टेरो दृढ विश्वास बोकेर आएका थिए । सन् २०१४ को विश्वकपमा रोड्रीग्वेजको छायाँमा परेका उनले त्यसपछिका चार सिजन क्लब फुटबलमा उतारचढावको बीच बिताए । यसपटक भने उनले उत्कृष्ट प्रदर्शन गर्दै कोलोम्बियाको पाँच मध्य ३ गोलमा सहभागी भए । जापानविरुद्ध २-१ ले पराजित भएपनि उनले गरेको फ्रिकिक गोल स्तरिय थियो ।
४. आन्टे रेबिच (क्रोएसिया)
पछिल्लो संस्करणमा वैकल्पिक खेलाडीको रुपमा अन्तिम केहि मिनेट मात्र खेल्न पाएका रेबिचले यसपटक भने सुरुआतदेखि मैदानमा उत्रिए । अर्जेन्टिनाविरुद्ध गोलरक्षक विल्ली कबलेरोको गल्तिको फाइदा उठाउँदै उनले गरेको गोलले उनको स्तर देखाएको थियो । डेनमार्कविरुद्ध पनि बलियो प्रदर्शन गरेका उनले सबै खेलमा आफ्नो कौशल देखाएका छन् । क्रोएसियाको सफल नतिजामा २४ वर्षीय रेबिचको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।
३. एलेक्जेन्डर गोलोभिन (रुस)
एलेक्जेन्डर गोलोभिनले गत सिजन युरोपा लिगमा आर्सनलविरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो स्तरको उदाहरण प्रस्तुत गरेका थिए । जारि विश्वकपमा रुसका उदाउँदा भविष्यको रुपमा उनले आफूलाई उभ्याएका छन् । २२ वर्षीय मिडफिल्डरले उद्घाटन खेलमा फ्रिकिकमार्फत गोल र दुई असिस्टबाट प्रतियोगिता सुरु गरेका थिए । त्यसपछि लगातार राम्रो प्रदर्शन गरिरहेका उनले छिट्टै युरोपको ठूलो क्लबमा आबद्ध हुने अपेक्षा गरिएको छ ।
२. टाकासी इनुई (जापान)
रियल बेटिसले विश्वकप अगावै इनुईलाई क्लबमा भित्र्याएर उत्कृष्ट निर्णय गरेको छ । ३० वर्षीय इनुईले जापानको युवा टोलीमा मिसिएर निकै लोभलाग्दो प्रदर्शन गरे । बेल्जियमविरुद्ध २-० को अग्रतासम्म पुर्याएका उनले समूह चरणमा जापानको आक्रमणमा उर्जा थपेका थिए । पछिल्ला केहि सिजन बुन्डेसलिगा र ला लिगाका मध्यक्रमका क्लबमै रहेका उनले ढिलै भएपनि राम्रो क्लब जाने भएका छन् ।
१. हर्भिङ लोजानो (मेक्सिको)
मेक्सिको फेरी एकपटक विश्वकपको नकआउट चरणमा पहिलो खेलमै बाहिरियो । तर चार खेल खेल्ने क्रममा मेक्सिकोले विश्व फुटबलका सम्भावित नयाँ स्टारको भने परिचय दियो । विश्वकपको डिफेन्डीङ च्याम्पियन जर्मनीविरुद्ध विजयी गोल गरेका उनले कोरियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरे । पछिल्लो सिजन २९ खेलमा १७ गोल गरेका उनले पीएसभीलाई लिग उपाधि दिलाएका थिए । बार्सिलोनालगायत युरोपका ठूला टोलीले अहिले उनलाई पछ्याईरहेका छन् ।
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]