7 years ago
July 11, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् ।लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ ।
क्रोएसियाको सम्भावित सुरुवाति ११ –
गोलकिपर : सुबासिच
डिफेन्डर : कोर्लुका, भिडा, लोभ्रेन, स्ट्रिनिच
मिडफिल्डर : ब्रोजोभिच, मोड्रिच, राकिटिच
फरवार्ड : रेबिच, मान्डजुकिच, पेरिसिच
रुस विरुद्धको क्वाटरफाइनल खेलमा आन्द्रे क्रामारिच मिडफिल्डमा सुरुवात गरेका थिए । तर, उनको स्थानमा मार्सेलो ब्रोजोभिच आज खेल्ने देखिन्छ । ब्रोजोभिच सुरुवात गरे मोड्रिच केही अगाडी खेल्नेछन् । डेजान लोभ्रेन र डानियल सुबासिचले प्रशिक्षण छुटाएका थिए तर आजका लागि उनी फिट हुने देखिन्छन् । तर, डिफेन्डर सिमे भ्रसाल्जको भने चोटका कारण खेलमा सहभागि हुने छैनन् र भेड्रान कोर्लुकाले उनको स्थान लिने छन् ।
यो क्रोएसियाको टोली अनुभवी रहेको छ । तर गोलको कमी र अघिल्ला दुई खेल पेनाल्टीमा गएका कारण खेलाडीहरुमा केही थकावट अवश्य हुने छ । मोड्रिच र राकिटिचको मिडफिल्ड जोडी टोलीको सबैभन्दा ठूलो हतियार हुने छ ।
के क्रोएसियाले इंग्ल्यान्डलाई हराउंदै फाइनलमा स्थान बनाउला?
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]