7 years ago
July 11, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ ।
इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ –
गोलकिपर : जोर्डन पिकफोर्ड
डिफेन्डर : केरन ट्रिपियर, कायल वाकर, जोन स्टोन्स, ह्यारी म्याग्वाएर, एस्ली योङ
मिडफिल्डर : जोर्डन हेनडरसन, डेले अलि, जेसे लिन्गार्ड
फरवार्ड : ह्यारी केन, रहिम स्टेर्लिङ
इंग्ल्यान्डका लागि वाकर, अलि र योङ सामान्य घाइते रहेका थिए तर यस खेलमा भने उनीहरु फिट रहेका छन् । तर स्ट्राइकर जेमि भार्डि भने समयमा फिट हुने निश्चित छैन । जोर्डन हेनडर्सनलाई मिडफिल्डमा साथ दिन फाबियन डेल्फ वा एरिक डायर पनि रोजिन सक्छन् । हेनडर्सन आफैं सामान्य चोटिल छन् । तर उनी समयमै फिट हुने अपेक्षा गरिएकाले प्रशिक्षक ग्यारेथ साउथगेटले कुनै परिवर्तन नगर्ने देखिन्छ ।
यो इंग्ल्यान्ड टोली प्रतियोगिताको सबैभन्दा कान्छो टोलीमध्ये एक हो । सेट-पिस र गतिमा निर्भर इंग्ल्यान्ड टोलीलाई अहिलेसम्मको यात्रा तुलनात्मक रुपमा सहज नै थियो । तर क्रोएसियाको चुनौति भने इंग्ल्यान्डलाई कदापि सहज हुने छैन ।
क्रोएसियालाई हराउंदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाउन सक्ला?
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]