7 years ago
July 11, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले हिजो युभेटससंग आधिकारिक रुपमा सम्झौता गरेका हुन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने छन् ।
रोनाल्डो युभेन्टस आएसंगै सामाजिक सञ्जालहरुमा उनका लागि विभिन्न खेलाडीहरुले आदर व्यक्त गरे । रियलका कप्तान सर्जियो रामोस र रियलमा रोनाल्डोलाई अग्रपंक्तिमा साथ दिएका ग्यारेथ बेलले रोनाल्डोको बारेमा मीठा शब्दहरु ट्विटरमार्फत व्यक्त गरे ।
रामोसले लेखे,” तिम्रो गोलहरु र जे जति हामीले साथ जितेका छौं, तिम्रो नाम सुनौलो अक्षरमा रियल म्याड्रिडको इतिहासमा लेखिइसकेको छ । तिमीलाई सधै सम्झिने छौं । तिमीसंग खेल्न पाएकोमा खुसी छु । शुभकामना !”
त्यस्तै बेलले पनि रोनाल्डोसंग ५ वर्षसंगै खेल्न पाएकोमा गर्व लागेको बताउंदै शुभकामना व्यक्त गरे । युवा खेलाडी मार्को एसेन्सियोले रोनाल्डो आफ्नो लागि उदाहरण रहेको बताए । रोनाल्डोको रियल म्याड्रिडका पूर्व सहकर्मी सामि खेडिराले “टुरिनमा स्वागत छ ।” भन्दै ट्विट गरे । खेडिरा पनि रियल छाडै युभेन्टस गएका हुन् ।
रोनाल्डोले रियल म्याड्रिडबाट ४ सय ५० खेल खेल्दै ४ सय ३८ गोल गर्न सफल भए । त्यस अवधिमा उनले २ लालिगा, ४ च्याम्पियन्स लिग र ४ बलोन डि’ओर जित्न सफल रहे ।
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]