7 years ago
July 11, 2018
मस्को (एजेन्सी)– विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्नेछ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनल पुगिसकेको छ । फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ ।
दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो । इङ्ल्यान्डले सन् १९९० र क्रोएसियाले १९९८ को सेमिफाइनल खेलको थिए ।
अहिले सम्म फाइनल पुग्न नसकेको क्रोएसिया १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो । इङ्ल्यान्ड विश्व कप इतिहासमा एकपटक मात्र १९६६ फाइनल पुगेको थियो र टोली त्यहि बेला च्याम्पियन बनेको थियो ।
विश्वकपको सुरुवातीमा यी दुवै टोली यहाँ सम्म पुग्लान् भन्ने धेरेको अनुमान थिएन । समूह चरणबाट सहज रुपमा अघि बढेपनि क्रोएसियाले नकआउट चरणमामा डेनमार्क र आयोजक रसियालाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पुगेर हराएको थियो ।
अर्को तिर समूह चरणबाट त्यस्तै सहजै अघि बढेको इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई पेनाल्टी सुट आउट र क्वार्टरफाइनलमा स्विडेनलाई २–० ले हराएको थियो ।
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]