default_image

7 years ago

July 10, 2018

एलोनको ह्याट्रिकमा एलिटलाई उपाधि

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्र्पोट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

Elite

बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा मंगलबार सम्पन्न फाइनलमा उपाधि दिलाउन म्याक्सवेलले ह्याट्रिक गरे भने एलिटले अर्को गोल आत्मघाती उपहार पाएको थियो । नारायणटारका अजय तमाङले ३८औं मिनेटमा आत्मघाती गोल गरे ।

म्याक्सवेलले छैटौं मिनेटमां एलिटलाई अग्रता दिएका थिए । १२औं मिनेटमा दोस्रो गोल गरेका म्याक्सवेलले २५औं मिनेटमा ह्याट्रिक पूरा गरे । नारायणटारका समुन तामाङले ४२औं मिनेट गरेको गोल सान्त्वना बन्यो ।

यसअघि एलिटले सेमिफाइनमो लसुनटार युथ क्लबलाई ४–० हराएको थियो भने नारायणटार स्पोर्टसले एजे इन्टरप्राइजेजलाई ४–१ ले पराजित गर्दै फाइलन भिडन्त पक्का गरेका थिए ।

नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको विजेता एलिटले २ लाख रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेता नारायणटार स्पोर्ट्सले नगद १ लाख रुपैयाँमा चित्त बुझायो ।

नेपाल खेलकुद महासंघ बुढानीलकण्ठ नगर कमिटीको आयोजना गरेको प्रतियोगितामा एलिटका रोमन रसाइली उत्कृष्ट गोलकिपर घोषित हुँँदा एलिटकै फ्लोरेन्ट कियारा उत्कृष्ट रक्षक चुनिए । प्रतियोगितामा ७ गोल गरेका एलिटका म्याक्सवेल सर्वाधिक गोलकर्ता बने । एलिटकै उर्गेन शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागतमा उत्कृष्ट बनेका खेलाडीले नगद ५/५ हजार रुपैयाँ हात पारे भने सर्वोत्कृष्ट खेलाडी उर्गेनले नगद १५ हजार रुपैयाँ पुरस्कार जिते । असार १६ गतेदेखी शुरू भएको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.