default_image

7 years ago

July 10, 2018

रियलमा ९ वर्षपछि रोनाल्डो युभेन्टसमा

61 views

0 Bookmark

टुरिन (एजेन्सी) – पांच पटकको बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टससंग सम्झौता गरेका छन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले वार्षिक ३० मिलियन युरो कमाउने छन् ।

ronaldo goal

३३ वर्षे रोनाल्डोले रियल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्ता पनि हुन् । यस अवधिमा उनले २ लालिगा र ४ पटक च्याम्पियन्स उपाधि पनि जिते । रियल म्याड्रिडसंग मे महिनामा च्याम्पियन्स लिग फाइनल जितेपछि रियलमा रहने अनिश्चितता प्रकट गरेका थिए ।

५ पटकका बलोन डि’ओर विजेता रोनाल्डो यस अघि इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेड र पोर्चुगलमा स्पोर्टिङ सीपीबाट खेलेका थिए । पोर्चुगलका कप्तान पनि रहेका रोनाल्डोले आफ्नो राष्ट्रिय टिमबाट ८५ गोल गरेका छन् । उनी सक्रिय खेलाडीहरु मध्ये राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता पनि रहेका छन् ।

स्पेन र इंग्ल्यान्डमा सफलता हांसिल गरेका रोनाल्डोका लागि इटालीमा प्रदर्शन गर्नु उत्तिकै चुनौति पनि हुने छ । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.