7 years ago
July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति विश्वकप २०१८ को सेमिफाइनल अन्तर्गत दाबेदार टोली फ्रान्स लयमा रहेको बेल्जियमसंग भिड्दै छ । नेपाली समयानुसार सो खेल रातिको ११.४५ बजे सुरु हुने छ ।
फ्रान्सको सम्भावित सुरुवाति ११ यस प्रकारको छ :
डिफेन्स
फ्रान्सले गोलपोस्टमा कप्तान तथा नियमित नं. १ ह्युगो लोरिसलाई नै खेलाउने छन् । यस प्रतियोगितामा केही राम्रा बचाऊ गर्दै फ्रान्सलाई उनले यहांसम्म पुर्याएका छन् । त्यस्तै बार्सिलोनाका साम्युयल उम्टिटी र रियल म्याड्रिडका रफायल भरानले मध्य डिफेन्स सम्हाल्ने छन् । बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजले साइड डिफेन्समा निरन्तरता पाउने छन् ।
मिडफिल्ड
मध्यपंक्तिमा फ्रान्सका लागि दुई ठूला नाम एङोलो कान्टे र पल पोग्बा उसको सबैभन्दा ठूलो हतियार हो । डिफेन्सलाई सुरक्षित राख्दै हर्नान्डेज र पाभार्डलाई पनि आक्रमण गर्न उनीहरुले स्वतन्त्रता प्रदान गर्दछन् । पोग्बा र कान्टेलाई ब्लेज माटुइडीले साथ दिने देखिन्छ । अघिल्लो खेलमा उनी प्रतिबन्धित थिए तर यस खेलमा भने सुरुवाती ११ मा फर्किने अपेक्षा छ ।
फरवार्ड
फ्रान्सले फरवार्ड लाइनमा नबिल फेकिर, उस्माने डेम्बेले र फ्लोरियन थबिनलाई अवसर दीसकेको छ तर ओलिभर जिरुडको स्थान जित्न उनीहरुलाई गाह्रै परेको छ । पूर्व आर्सनलका खेलाडी जिरुड कर्नर र फ्रिकिकमा फ्रान्सका लागि हतियार हुने छन् । त्यस्तै उनले लयमा रहेका किलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानको साथ पाउने छन् ।
फ्रान्सको टोलीमा कोही प्रतिबन्धित छैनन् र सबै फिट नै छन् । यसकारण फ्रान्सले आफ्नो सबैभन्दा बलियो सुरुवाती ११ उतार्ने छ । फ्रान्सले उतार्ने सुरुवाती ११ प्रतियोगितामा संगै धेरै पटक खेलेका छन् र यसकारण टोलीमा स्थिरता रहेको छ ।
के फ्रान्सले जित हांसिल गर्दै फाइनलमा स्थान बनाउला?
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]