7 years ago
July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति लयमा रहेको बेल्जियमको टोली बलियो दाबेदार फ्रान्सको सामना गर्ने छ । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार ११.४५ बजे सुरु हुने छ ।
बेल्जियमको सम्भावित सुरुवाती ११ यस प्रकारको छ:
डिफेन्स
गोलपोस्टको जिम्मा चेल्सीका अनुभवी गोलकिपर थिबो कोर्टुवाले सम्हाल्ने छन् । उनले ब्राजिल विरुद्ध केही आकर्षक बचाऊ गर्दै टोलीलाई जित दिलाएका थिए । त्यस्तै भिन्सेन्ट कम्पनी, टोबी एल्डरवेरल्ड र जान भर्टोङ्हेनले डिफेन्सको तीन स्थान ओगट्ने छन् भने बाकिं स्थान भने निश्चित छैन । नियमित विङ ब्याक थोमस म्युनियर प्रतिबन्धित हुंदा उनको स्थानमा को खेल्ने अनिश्चित छ ।
प्रतियोगिता भरी ३-४-३ को शैलीमा खेलेको बेल्जियम म्युनियरको अनुपस्थितिमा ४-३-३ को शैली अप्नाई नसेर चाड्लीलाई दायां डिफेन्समा खेलाउन सक्ने छन् । बेल्जियमको यो भाग कमजोरी बन्ने देखिन्छ र फ्रान्स यसको फाइदा उठाउन खोज्ने अवश्य छ ।
मिडफिल्ड
बेल्जियमले प्रतियोगिताभरी अलेक्स विटसेल र केभिन डि ब्रुयनलाई मिडफिल्डमा उतार्दै विङ ब्याकको प्रणालीमा खेलेको थियो । तर ब्राजिल विरुद्धको खेलमा मरोएने फेलाइनीले विटसेलको साथ दिंदै सफलता हात पारेका थिए । ४-३-३ को शैलीमा उत्रे बेल्जियमले मुसा डेम्बेले वा युरी टालेमान्सलाई मिडफिल्डमा उतार्ने छन् ।
फरवार्ड
प्रतियोगिताका सुरुका खेलहरुमा नेपोलीका ड्राइस मर्टेन्सले एडेन हाजार्ड र रोमेलु लुकाकुलाई साथ दिएका थिए । तर ब्राजिल विरुद्धको खेलमा लुकाकुले दायां हाजार्डले बायां र डि ब्रुयन ‘फल्स ९’ का रुपमा उत्रेका थिए । जुन शैलीका कारण ब्राजिल स्तब्ध बन्न पुग्यो । आज पनि फरवार्ड लाइनमा लुकाकु, हाजार्ड र डि ब्रुयनले फ्रान्सको डिफेन्सलाई सताउने पक्का रहेको छ ।
सम्भावित ११
गोलकिपर: थिबो कोर्टुवा
डिफेन्डर: जान भर्टोन्घेन, भिन्सेन्ट कम्पनी, टोबी एल्डरवेरल्ड, नसिर चाड्ली
मिडफिल्ड: एलेक्स विटसेल, मोरोएनी फेलाइनी, मुसा डेम्बेले
फरवार्ड: रोमेलु लुकाकु, केभिन डि ब्रुयन, एडेन हाजार्ड
डिफेन्डर थोमस म्युनियरको अभाव बेल्जियमलाई खड्किने पक्का छ तर उनको विकल्पमा पनि प्रतिभावान् खेलाडीहरुसंग भएकाले बेल्जियमलाई आत्तिनुपर्ने अवस्था छैन ।
के बेल्जियमले फ्रान्सलाई यस खेलमा हराउला?
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]