7 years ago
July 10, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले ब्राजिलका मिडफिल्डर पौलिन्होलाई ५० मिलियन युरोमा ग्वान्जाओ एभरग्रान्डेलाई बेचेका छन् । बार्सिलोनाले पौलिन्होलाई ग्वान्जाओबाटै गत सिजन ४० मिलियनमा किनेका थिए ।
पूर्व टोटनह्याम मिडफिल्डर पौलिन्होले गत सिजन निकै सुधारिएको प्रदर्शन गरेका थिए । २१ खेल सुरुवात गरेका उनले बार्सिलोनाका लागि ९ गोल र २ असिस्ट गरे । उनको सो प्रदर्शनस्वरुप उनले ब्राजिलको मिडफिल्डमा पनि स्थान पाएका थिए ।
तर अर्को सिजन सुरुवाती ११ मा आफ्नो स्थान पक्का नहुने देखेपछि पौलिन्हो पुन: चीनतर्फ प्रस्थान गर्ने भएका छन् । पौलिन्होको स्थानमा बार्सिलोनाले ग्रेमियोका मिडफिल्डर अर्थरलाई तुरुन्तै किनेका पनि छन् ।
अर्थर हाल ब्राजिलको क्लब ग्रेमियोबाट क्लब फुटबल खेल्दै छन् । बार्सिलोनाले २१-वर्षे ब्राजिलियन मिडफिल्डरसंग ६ वर्षेको सम्झौता गर्दै ३० मिलियन युरोमा उनलाई भित्राएको हो ।
अब बार्सिलोनाको नजर चेल्सीका मिडफिल्डर विलियनप्रति रहेको छ । विलियन भित्राउन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र बार्सिलोना लागिपरेको बुझिएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]