default_image

7 years ago

July 9, 2018

इनरिके स्पेनिस फुटबलका नयाँ प्रशिक्षक नियुक्त

82 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिके स्पेनिस फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनमै इनरिके दुई वर्षका लागि टोलीको प्रशिक्षक नियुक्त गरेको हो ।

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले सोमबार पत्रकार सम्मेलनमार्फत ४८ वर्षे इन्रिके सर्वसम्मत रुपमा प्रशिक्षक नियुक्त भएको बताएका छन् । प्रशिक्षकका लागि आवश्यक सबै आधारण उनीसँग रहेको बताइएको छ ।

विश्वकप सुरु हुने केहि दिनअघि मात्र तत्कालिन प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियल म्याड्रिडले आफ्नो नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरेपछि उनी बर्खास्त भएका थिए । त्यसपछि संघले पूर्व स्पोर्टिङ डाइरेक्टर फर्नान्डो हेइरोलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

विश्व कपबाट चाडै बाहिरिनु परेपछि कार्यवहाक प्रशिक्षक हेइरोले आइतबार आफ्नो पद छाडेका थिए । आयोजक स्पेनसँग टाइब्रेकरमा पराजित हुँदै स्पेन विश्व कपबाट बाहरिएको थियो । इनरिकेले यसअघि रोमा, सेल्टा भिगोलाई प्रशिक्षण दिएका थिए । बार्सिलोनमा तीन वर्ष रहँदा उनले टोलीलाई ३ ला लिगा, ३ कोपा डेल रे र एउटा च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।

आर्सनलका तत्कालिन प्रशिक्षक आर्सनल वेङ्गरले पद त्यागेपछि रियल र बार्सिलोनका पूर्व मिडफिल्डर समेत रहेका इन्रिेकलाई उनको उत्तराधिकारिका रुपमा हेरिएको थियो । सोमबार नै स्पेनिस फुटबल संघले पूर्व स्पेनिस खेलाडी समेत रहेका एट्लेटिको म्याड्रिड र डिपोर्टिभो लाकुरुनाका पूर्व गोलकिपरलाई स्पोर्टिङ डाइरेक्टर नियुक्त गरेको छ ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.