default_image

6 years ago

July 9, 2018

“निडर भई खेल्ने छौं” – बेल्जियमका प्रशिक्षक मार्टिनेज

46 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् ।

बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् ।

“भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु पर्ने हुन्छ ,” मार्टिनेजले इएसपिएनसंगको अन्तरवार्तामा बताए । “यदि हामीले डर देखायौं भने हाम्रो क्षमता अनुसार प्रदर्शन गर्न सक्ने छैनौं ,” मार्टिनेजले थपे ।

फ्रान्सका किलियन एम्बाप्पेका लागि छुट्टै रणनीति पनि आफूले तयार पारेको उनले बताए । मार्टिनेजलाई प्रशिक्षण टोलीमा फ्रान्सका पूर्व फरवार्ड तथा विश्वकप विजेता थियरी हेनरीले साथ दिएका छन् । हेनरीकै अनुभवका कारण बेल्जियमले अग्रपंक्तिमा सुधारिएको प्रदर्शन गरेको बुझिएको छ ।

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]

September 21, 2024

कम्बोडियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ। चाइनिज ताइपेईमा जारी ग्रुप बीको खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो। नेपाल विरूद्ध कम्बोडियाले सुरूवातमा नै अग्रता बनायो। भ्रेक फानको हेडर गोलमा खेलको तेस्रो मिनेटमा कम्बोडियाले अग्रता कायम गर्यो। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले सातौं मिनेटमा […]

September 21, 2024

पाकिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता नेपाल साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले स्तब्ध बनेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाललाई स्तब्ध पार्न पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको अन्त्यतर गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८२औं मिनेटमा अब्दुल समादको […]

Success

Thank you for your time.