default_image

7 years ago

July 10, 2018

हाजार्ड युरोपियन च्याम्पियन रियलको प्लान ‘बी’मा

47 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले चेल्सीका स्टार इडन हाजार्डलाई आफ्नो प्लान बीमा राखेको बताइएको छ । यदि नेयमार भित्राउन नसकेको खण्डमा रियलले हाजार्ड किन्ने प्रयास गरिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि नै रियल हाजार्ड भित्राउनमा इच्छुक रहँदै आएको बताइएको छ । हाजार्डले पनि आफु रियल जान चाहेको बताएका थिए ।

hazard chelsea

क्रिस्टियानो रोनाल्डोको भविष्य पनि अझै अनिश्चित रहेकोले रियलको अबको कदम के हुने भन्नका लागि केहि दिन कुर्नुपर्ने हुन्छ । रियलले हाजार्डका लागि आकर्षक प्रस्ताव लान सक्ने सम्भावना रहेको छ । यद्दपी त्यसका लागि टोलीले हतार गरेको भने छैन । रियल अझै पनि नेयमारलाई पेरिस सेन्ट जर्मेनबाट भित्राउने आशामा रहेको छ ।

पछिल्लो पाँच वर्ष चेल्सी जस्तो ठूलो क्लबबाट खेल्दा हाजार्डको गति, ड्रिब्लिङलगायतका अन्य क्षमता विश्वले देखिसकेको छ । त्यसमाथि रसियामा जारी विश्वकपमा पनि उच्च प्रदर्शन गर्नेमध्ये हाजार्ड एक हुन् ।

अघिल्लो विश्वकपमा उच्च प्रदर्शन गरेकै कारण फाबियो कानाभारो, मेसुट ओजिल, टोली क्रुस र हामेस रोड्रिग्वेजलाई रियलले भित्राएको थियो । चेल्सीसँग हाजार्डको सम्झौता सन् २०२० सम्म रहेको छ । नेयमार भित्राउन नसकेको खण्डमा रियलले हाजार्डका लागि आकर्षक प्रस्ताव लाने भने लगभग तय छ ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.