7 years ago
July 8, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको हो । सन् १९९० पछि इंग्ल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो ।
स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि इंग्ल्यान्डको प्रदर्शनलाई लिएर सकारात्मक थिए । ” हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित छ । इंग्ल्यान्डको खेलाडी र प्रशिक्षक त्यस आदरको हकदार पनि छन् ,” उनले बताए ।
एन्डरसनले थप विश्लेषण गर्दै भने, “उनीहरु राम्रो फुटबल खेल्ने टोली हुन् । उनीहरुले विपक्षीहरुलाई खासै अवसर पनि दिंदैनन् ।” विश्वकप छनोटमा इटालीलाई पराजित गर्दै आएको स्विडेन जर्मनी रहेको समूह ‘एफ’ मा विजेता रहन सफल रह्यो ।
इंग्ल्यान्डसंग क्वाटरफाइनलमा पराजित हुन अघि स्विडेनले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई पराजित गरेको थियो । इंग्ल्यान्ड र क्रोएसियाको सेमिफाइनल खेल जुलाई ११ मा नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ ।
के इंग्ल्यान्डले यस पटकको विश्वकप उपाधि उचाल्ला?
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]