default_image

7 years ago

July 8, 2018

बेकह्यामले जिते इब्राहिमोभिचसंग बाजी, रुनीले पनि गिज्याए

63 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्ल्यान्डले विश्वकप क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सेमिफाइनलमा अब इंग्ल्यान्डले क्रोएसियासंग भिड्ने छ ।

क्वाटरफाइनलको खेलमा दुई चर्चित खेलाडी इंग्ल्यान्डका डेभिड बेकह्याम र स्विडेनका ज्लाटान इब्राहिमोभिचले बाजी ठोकेका थिए जुन बेकह्यामले जितेका छन् । इब्राहिमोभिचले शर्त राख्दै ट्विट गरेका थिए, ” इंग्ल्यान्डले जित्यो भने म तिमीलाई संसारको जुन ठाउंमा भन्छौ त्यहां डिनर खुवाउछु । तर स्विडेनले जित्यो भने मलाई आइकिया (फर्निचर कम्पनी) बाट जे किनिदिंदा पनि हुन्छ ।”

त्यस ट्विटको जवाफ दिंदै बेकह्यामले भने, “स्विडेनले जित्यो भने म तिमीलाई आइकिया लग्ने छु । त्यहाँ एलएको तिम्रो नयाँ घरमा जे आवश्यक छ त्यो लिन सक्छौं । तर इंग्ल्यान्डले जित्यो भने तिमीले इंग्ल्यान्डको जर्सी लगाएर वेम्ब्लीमा खेल हेर्नु पर्ने छ । त्यति बेला नै तिमी मलाई खाजा खुवाऊ ।”

त्यस्तै इंग्ल्यान्डको जितपछि पूर्व कप्तान तथा इब्राहिमोभिचका पूर्व सहकर्मी वायन रुनीले उनलाई गिज्याउंदै ट्विट गरे,” इब्राहिमोभिच तिमी ठिक छौ ? कोहीसंग बोल्न मन लागे म छु है ।”

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.