7 years ago
July 8, 2018
म्यानचेस्टर (एजेन्सी) – विश्वकप २०१८ मा शानदार प्रदर्शनपछि मेक्सिकोका युवा विङर हिर्भिङ लोजानोलाई भित्राउन क्लबहरुको होडबाजी चलेको छ । लोजानोले जर्मनी विरुद्धको जितमा गोल गरे र अन्य खेलमा राम्रो प्रदर्शन गरेका थिए ।
लोजानोलाई भित्राउन इंग्लिस टोली म्यानचेस्टर युनाइटेड इच्छुक रहेको छ । युनाइटेडले लोजानोका लागि ४० मिलियनको युरोको बिड पनि तयार पारेको खबर आएको छ । लोजानो अहिले नेदरल्यान्डको क्लब पिएसभीसंग आबद्ध रहेका छन् । अघिल्लो सिजन उनले १९ गोल सहित ११ असिस्ट पनि गरेका थिए ।
म्यानचेस्टर युनाइटेडसंगै बार्सिलोना पनि लोजानोप्रति इच्छुक रहेको छ । अहिले युनाइटेड र बार्सिलोना दुवैको पहिलो रोजाईमा चेल्सीका विङर विलियन रहेका छन् । विलियनले बार्सिलोना जाने निर्णय गरे युनाइटेडले लोजानो भित्राउने र लोजानो बार्सिलोना गए युनाइटेडले विलियन किन्ने स्थिति देखिएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]