default_image

6 years ago

July 8, 2018

पिएसजी आएका बुफोनलाई च्याम्पियन्स लिग जित्ने अन्तिम मौका

30 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्व फुटबलका महान् गोलकिपर जियान्लुइजी बुफोन युभेन्ट्स छाडेर १ वर्षका लागि पिएसजी आएका छन् । आफ्नो सुनौलो करियरमा सबै उपाधि जितेका उनी च्याम्पियन्स लिग जित्न भने सकेका छैनन् । 

buffon

त्यसैले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने बुफोनलाई यो अन्तिम अवसर हुने छ । इटालीका लागि १ सय ७६ क्याप जितेला बुफोन हिजो मात्र पिएसजीसंग आबद्ध भएका हुन् । १७ सिजन युभेन्टसमा बिताएका बुफोनले मेमा भेरोनाविरुद्धको २-१ जितमा क्लबका लागि अन्तिम खेल खेलेका थिए ।

“मैले आफ्नो पुरै खेल जीवन इटालीमै बिताए । अहिले म पिएसजीमा आएको छु । मलाई थाहा छ पिएसजीका समर्थकहरु के चाहन्छन् मैले बुझेको छु र त्यसका लागि मैले आफ्नो अनुभव र उर्जा पिएसजीलाई दिने छु ,”  बुफोनले बताए ।

केही वर्ष यता पिएसजी युरोपमा फुटबल शक्तिका रुपमा उदाएका छन् । नेयमार, किलियन एम्बाप्पे र एडिन्सन काभानी सम्मिलित अग्रपंक्ति रहेको पिएसजी अघिल्लो सिजन रियल म्याड्रिडसंग ५-२ ले एग्रिगेटमा पराजित हुंदै च्याम्पियन्स लिग अन्तिम १६ बाट बाहिरिएको थियो ।

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

Success

Thank you for your time.