7 years ago
July 8, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना अहिले चेल्सीका दुई स्टारहरुलाई पछ्याइरहेका छन् । ती नाम हुन् ब्राजिलका फरवार्ड विलियन र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे ।
गत सिजन उस्माने डेमेबेलेको प्रदर्शन सामान्य रहेपछि लियोनल मेस्सी र लुइस स्वारेज क्लबमा नयां फरवार्ड आएको देख्न चाहेको बताएइको छ । त्यसमा विलियनको नाम अगाडी आएको छ र सो निर्णयमा मेस्सीले पनि सहमति जनाएका छन् । तर विलियनलाई अहिले म्यानचेस्टर युनाइटेडले पनि भित्राउन खोजिरहेको छ ।
त्यस्तै कान्टेमाथि पनि बार्सिलोनाको नजर रहेको छ । कान्टेलाई बार्सिलोनाको प्रतिद्वन्दी रियल म्याड्रिडले पनि भित्राउन खोजिरहेको छ । तर, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले १ सय मिलियन युरोको बिड कान्टेका लागि तयार गरेको बताइएको छ । त्यस्तो अवस्थामा कान्टे पिएसजीतिरै जाने बुझिएको छ ।
रोनाल्डो बेच्दै रियल म्याड्रिडले आफ्नो अग्रपंक्ति बलियो अवश्य बनाउने हुंदा बार्सिलोना पनि आफ्नो टोलीलाई तयार पार्ने दाउमा रहेको छ ।
श्रोत: डेलिस्टार
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]