7 years ago
July 8, 2018
सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो ।
क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके ।
रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।
उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए ।
यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यसअघि भएको सेमिफाइनलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । डोमागोज भिडाले थप समयको ११ औं मिनेटमा कर्नरमा आएको बलमा हेड गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
तर थप समयकै २५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । फ्रिकिकमा आएको बललाई फर्नान्डेजले हेडमा गोल गरेका थिए । क्रोएसिया र रसियाबीच निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो ।
डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, रसियाले त्यो अग्रता लामो समय टिकाउन सकेन ।
३९ औं मिनेटमा आन्द्रेज क्रामारिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । क्रसमा आएको बललाई क्रामारिकले हेडमार्फत गोल गरेका थिए । क्रोएसिया र रसिया दुवै टोली टाइब्रेकरमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । रसियाले पूर्व विजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । रसिया र क्रोएसिया दुवै टोली प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा विजयी हुँदै अघि बढेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]