7 years ago
July 7, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराएको छ । यस जितसंगै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ ।
इंग्ल्यान्डका लागि ३० औं मिनेटमा ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने मौका गुमाएका पनि थिए ।
दोस्रो हाफमा भने इंग्ल्यान्डले फेरी गोल गर्दै जित सुनिश्चित गरेको हो । जेसे लिन्गार्डको क्रसमा डेले अलिले हेडिङ गर्दै स्कोर २-० पारे र स्विडेनलाई निराश बनाए । समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीमा हराउन सफल भएको थियो ।
अब इंग्ल्यान्डले क्रोएसिया र रसियाको विजेतासंग सेमिफाइनल खेल्ने छ । अर्को सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने पक्का भइसकेको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]