7 years ago
July 7, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।
इंग्ल्यान्डले खेलको ३० औं मिनेटमा अग्रता लिन सफल भएको हो । एस्लि योङको कर्नरमा हेडिङ गोल गर्दै ह्यारी म्याग्वाएरले इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्त्यतिर फरवार्ड रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने सुनौलो अवसर खेर पनि फालेका थिए ।
समूह ‘जी’ को उपविजेता रहेको इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बियालाई हराउन सफल रहेको हो । अर्को तर्फ, समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले पराजित गर्न सफल रहेको थियो ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]