7 years ago
July 8, 2018
मस्को (एजेन्सी)– बेल्जियमका थोमस म्युनियरले ब्राजिलविरुद्धको विश्वकप क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी नेयमारबाट आफुले बढी चुनौतिको अपेक्षा गरेको बताएका छन् । तर, बेल्जियमको पोष्टमा खेलको अन्त्यतिर एक गोल फर्काउन पनि ब्राजिलले निकै संघर्ष गर्नुपरेको थियो ।
जबकी बेल्जियमले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । नेयमारको प्रदर्शन समान्यभन्दा माथि रहन सकेन । ब्राजिलको एउटा गोलको लागि पनि फिलिपे काउटिन्होको भूमिका महत्वपूर्ण रह्यो । उनको पासमा रेनाटो अगुस्टोले गोल गरेका थिए । फेर्नाडिन्होको आत्मघाती गोलबाट बेल्जियमले खेलमा अग्रता बनाएको थियो भने अर्को गोल केभिन डी ब्रुयनेले गरेका थिए । खेल बेल्जियमले २–१ जितेको थियो ।
म्युनियरले नेयमारलाई रोक्न कठिन नभएको बताएका छन् । ‘मले त्यति मात्र अपेक्षा गरेको थिइन । त्यो भन्दा बढी कठिन होला भन्ने अपेक्षा थियो, उनले भने,‘ हामी खास गरि काउटिन्हो र मार्सेलोमा केन्द्रित रह्यौं । हामीले त्यसमा सफल पनि भयौं । मलाई लाग्छ रक्षात्मक हिसाबले हामी सबै धन्यवादका पात्र रह्यौं ।’
म्युनियर आफ्नै आक्रमणमा भने सन्तुष्ट हुन सकेनन् । ‘ म अगाडि जाँदा बढी दिक्दार भए । मैले एउटा पनि बल छुन सकिन,’ उनले थपे,‘ मैले टोलीका लागि सक्दो गर्ने प्रयास गरे । खेल जित्न सफल भयौं , त्यसमा खुसी छौं ।’
बेल्जियमले अब सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ । अब ब्राजिलसँगको खेलमा भन्दा पनि टोलीले बढी चुनौतिको सामना गर्नुपर्ने हुन सक्दछ । प्रिक्वार्टरमा फाइनलमा मुस्किलले ३–२ ले हराउँदै बेल्जियमले ब्राजिलसँगको भेट पक्का गरेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]