7 years ago
July 7, 2018
ग्यालेक्सी (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र स्विडेनका पूर्व कप्ता ज्लाटान इब्राहिमोभिचले विश्वकपमा आज इङ्ल्यान्ड र स्विडेनबीच हुने क्वार्टरफाइनलमा बाजी राखेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इब्राहिमोभिच अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेल्दैछन् । जुन क्लबमा बेकह्यामले पनि केहि वर्ष बिताएका थिए । बेकह्यामले सबैखाले फुटबलबाट सन्यास लिएको केहि वर्ष बितिसक्यो । दुवै खेलाडीको खेल जीवन लगभग समान क्लबमै बितेको थियो । म्यानचेस्टर युनाइटडे, पेरिस सेन्ट जर्मेन र एसी मिलानबाट दुवैले खेलेका थिए ।
विश्वकप चलिरहँदा उनीहरु पनि यसबाट अलग रहन सकेनन् र इब्राहिमोभिचले बेकह्यामलाई शर्त लगाएका छन् । ‘इङ्ल्यान्डले जित्यो भने म तिमिले संसारको जुन ठाँउमा भन्छौ त्यहाँ डिनर गराउने छु,’ ट्वीटमार्फत इब्राहिमोभिचको शर्त छ, ‘यदि स्विडेन थियो भने आइकिएबाट तिमिलाई जे किनि दिदा पनि पनि हुन्छ । ‘ आइकिए फिर्निचर उत्पादनको चर्चित कम्पनी हो ।
बेकह्यामले पनि त्यसको जवाफ दिएका छन् । ‘यदि स्विडेनले जित्यो भने तिमिलाई आइकिए लान्छु । त्यहाँ एलएको तिम्रो नयाँ घरमा जे आवश्यक छ त्यो लिन सक्छौं,’ इन्स्टाग्राममार्फत उनकोको अर्को शर्त छ, ‘तर इङ्ल्यान्ड जित्यो भने तिमि इङ्ल्यान्डको खेल हेर्न बेम्ब्ली गएर इङ्ल्यान्डको जर्सी लगाउनु पर्दछ । अनि मध्यान्तरमा माछा र चिप्सको मजा लिउला ।’
उनीहरुको मध्यस्तताका रुपमा एलए ग्यालेक्सीले ट्वीट गरेको छ, बाजीका शर्तहरु तय भएका छन् । इङ्ल्यान्ड र स्विडेनबीच रसियामा जारी विश्वकपको तेस्रो क्वार्टरफाइनल आज साँझ नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुँदैछ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]