7 years ago
July 7, 2018
मस्को (एजेन्सी)– ब्राजिलियन पाउलिन्हो र गाब्रियल जिसस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु निकै निराशाजनक भएको बताएका छन् । बेल्जियमसँग क्वार्टरफाइनलमा २–१ ले पराजित हुँदै पटकको विजेता विश्व कपबाट बाहिरिएको छ । दुवैले आफ्नो प्रदर्शन पनि सन्तोषजनक हुन नसकेको स्वीकार गरे ।
फेर्नाडिन्होको आत्मघाती गोल र केभिन डि ब्रुयनेको गोलबाट पछि परेको ब्राजिलका लागि रेनाटो अगुस्टोले गोल फर्काएका पनि खेलमा फर्कन त्यो पर्याप्त भएन । जर्मनीसँग सन् २०१४ को विश्वकप सेमिफाइनलमा पराजित हुँदा भन्दा पनि यसपटकको हार बढी पिडादायक भएको बताए । घरेलु मैदानमा त्यति बेला ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।
बेल्जियमविरुद्ध अन्तिम समयसम्म पनि टोलीले प्रयास गरेपनि सफलता नमिलेको उनको भनाई थियो । ‘मेरा लागि दुवै कठिन रहे,’ पाउलिन्होले टेलिभिजन अन्तरवार्ताका क्रममा भनेका छन्,’२०१४ को हार पनि सहन मुस्किल थियो । यो हार त्यो भन्दा बढी पिडादायी रह्यो ।’
बार्सिलोनाका मिडफिल्डरले थपे, ‘हामी अन्तिम सेकेन्ड सम्म लड्यौं । जबकी खेलमा हामी सबै क्षेत्रमा हावी थियौ । गाब्रियल जिससले पनि टोलीको हार र आफ्नो प्रदर्शनबाट निराश भएको बताए । उनले यो विश्व कपमा एक गोल पनि गर्न सकेनन् ।
‘साच्चै दिक्दार लाग्दो रह्यो । मैले धेरै मेहनत गरे । ठूलो प्रतियोगितामा सबैले आफ्नो तर्फबाट शतप्रतिशन दिने कोसिस गर्यौं,’ म्यानचेस्टर सिटीका उनले भने, ‘सबैलाई थाहा थियो, यो हाम्रो सपना थियो । तर हामी असफल भएका छौं ।’
ब्राजिलले पछिल्लो पटक २००२ मा विश्वकप जितेको थियो । विश्व कप छनोटमा उच्च प्रदर्शन गरेपनि ठूला प्रतियोगितामा ब्राजिल चुक्दै आएको छन् । २००७ पछि ब्राजिलले कोपा अमेरिकाको उपाधि पनि जित्न सकेको छैन ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]