default_image

7 years ago

July 7, 2018

सेमिफाइनलमा स्थानका लागि इंग्ल्यान्ड र स्विडेन भिड्दै

65 views

0 Bookmark

सामारा (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत तेस्रो सेमिफाइनलमा आज बेलुका इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । नेपाली समयअनुसार सो खेल बेलुकाको ७.४५ बजे सुरु हुने छ ।

समूह ‘जी’ को उपविजेता रहेको इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बियालाई हराउन सफल रहेको हो । १ सय २० मिनेटको खेल खेलेका कारण इंग्ल्यान्डका केही खेलाडीहरुमा सामान्य फिटनेसको समस्या देखिएको छ । जेमि भार्डि, एस्लि योङ, डेले अलि र कायल वाल्कर सामान्य घाइते रहेका छन् ।

त्यस्तै स्विडेनका लागि भरपर्दा डिफेन्डर मिकेल लस्टिग प्रतिबन्धित रहेका छन् । त्यस्तै मिडफिल्डमा सेबास्टियन लार्सन फर्किने छन् भने जिमि डुर्माज पनि सामान्य घाइते रहेका छन् । समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले पराजित गर्न सफल रहेको थियो ।

यस प्रतियोगितामा स्विडेनले ४ क्लिन सिट राख्न सफल भएको छ । अर्को तर्फ, इंग्ल्यान्डका स्ट्राइकर तथा कप्तान ह्यारी केन ६ गोल सहित प्रतियोगिताकै उच्च गोलकर्ता रहेका छन् । यस खेललाई स्विडेनको रक्षापंक्ति विरुद्ध केन सम्मिलित इंग्ल्यान्डको अग्रपंक्तिको हेर्न लायक प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

तपाईंको अनुमानमा यस खेलमा कसले जित हात पार्ने छ ?

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.