default_image

7 years ago

July 7, 2018

बेल्जियमलाई २ गोलको अग्रता, ब्राजिललाई बाहिरिने डर

61 views

0 Bookmark

कजान (एजेन्सी) –विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म बेल्जियमले २-० को अग्रता लिन सफल भएको छ ।

बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो ।

बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । यस अघि फ्रान्सले उरुग्वेलाई २-० ले हराउन सफल भएको थियो । यस खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससंग भिड्ने छ ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.