7 years ago
July 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकामा नेपाली समुदायबीच शनिबार आयोजना हुने भनिएको तेस्रो समर २०१८ कप फुटसल प्रतियोगिता स्थगित भएको छ ।
फुकुओकामा आएको बर्षाका कारण खेल आयोजना गर्न नसकिएको आयोजक श्री गणेश खुकुरी एफसी नेप्लिज कम्युनिटी ले शुक्रबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
प्रतियोगिता स्थगनले खेलाडी र क्लबलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै आयोजक एफसीका व्यवस्थाक इन्द्रबहादुर घललले छलफल गरेर अर्को मिति तय गरि सहभागी टोलीलाई खबर गरिने बताएका छन् ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]