default_image

7 years ago

July 6, 2018

ललित स्मृति यु १८ : बिबिसीका ३ र आर्मीका २ उत्कृष्ट

75 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिपका व्यक्तिगततर्फका ५ मध्ये ३ पुरस्कार पनि विजेता ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले जितेको छ । बाँकी २ पुरस्कार दोस्रो टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आर्मीका दीनेश हेम्जन उत्कृष्ट फरवार्ड र विकास खवास उत्कृष्ट रक्षक चुनिए । बाँकी अवार्ड बिबिसीले जित्यो । जसमा जय गुरुङ उत्कृष्ट मिडफिल्डर, आकाश रानाभाट उत्कृष्ट गोलकिपर र उज्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिाए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलार्य १–० ले हराउँदै बिबिसीले उपाधि जितेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शुक्रबार भएको फाइनलमा अनुप मगरको गोल निर्णायक बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा अनुपले गोल गरेका थिए । बिबिसीले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

अखिल नेपाल फुटलब संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जेठ २९ गतेबाट च्याम्पियनसिप सुरु भएको थियो । च्याम्पियनसिपमा १४ ए डिभिजनसहित १८ टोलीको सहभागिता रहेको थियो ।

२०७२ जेठ २९ गते भैसीपाटीस्थित नयाँ घरमा सरेकी दिन करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो । उनकै स्मृतिमा एन्फाले हरेक वर्ष च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्वर्गिय श्रेष्ठ पत्नी निलु श्रेष्ठलगायतले विजेता, उपविजेता टोली एवंम् उत्कृष्टलाई पुरस्कत गरे ।

तस्बिरहरु- विवेक सुवदी/हाम्रो खेलकुद

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.