default_image

7 years ago

July 6, 2018

बिबिसीलाई ललित स्मृति फुटबल उपाधि

81 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले ललित स्मृति यु १८ च्याम्पियनसिप फुटबल उपाधि जितेको छ । दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै बिबिसीले उपाधि जितेको हो ।

तस्बिरहरु- विवेक सुवदी/हाम्रो खेलकुद

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शुक्रबार भएको फाइनलमा अनुप गुरुङको गोल निर्णायक बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा अनुपले गोल गरेका थिए । आर्मीले खेलमा निरन्तर दबाब कायम राखे पनि गोल गर्न भने सकेन।

बिबिसीले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

अखिल नेपाल फुटलब संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जेठ २९ गतेबाट च्याम्पियनसिप सुरु भएको थियो । च्याम्पियनसिपमा १४ ए डिभिजनसहित १८ टोलीको सहभागिता रहेको थियो ।

२०७२ जेठ २९ गते भैसीपाटीस्थित नयाँ घरमा सरेकी दिन करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो । उनकै स्मृतिमा एन्फाले हरेक वर्ष च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.