default_image

7 years ago

July 6, 2018

रोनाल्डो भित्राउन म्यानचेस्टर युनाइटेड पनि सक्रिए, युभेन्टस हतारमा

67 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रियल छोड्ने लगभग पक्का जस्तै भएको छ । युभेन्टसले उनलाई १ सय मिलियन पाउन्डमा खरिद गर्न लागेको छ ।

यस बीच रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डोलाई भित्राउन इच्छुक देखिएको छ । रोनाल्डोलाई हात पार्ने मौका नगुमाउन युभेन्टस जतिसक्दो छिटो उनको हस्ताक्षर पाउन हतारमा रहेको छ ।

गोल डटकमका अनुसार उनले शनिबार भित्र युभेन्टससंग ४ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने छन् । त्यस अघि म्यान्चेस्टर युनाइटेड पनि एक पटक आफ्नो पूर्व स्टारलाई भित्राउन प्रयास गर्ने छ ।

३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियन युरो भनिएको सम्झौतामा युभेन्टस १ सय २० मिलियन युरोसम्म खर्चिन तयार रहेको जनाइेको छ ।

रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको र सहमतिमा छिट्टै अौने पनि विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउने छन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.