7 years ago
July 6, 2018
कजान (एजेन्सी) – विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत दुई बलिया टोली बेल्जियम र ब्राजिल भिड्दै छन् । खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ ।
ब्राजिलका लागि मिडफिल्डर क्यासेमिरो प्रतिबन्धित रहेका छन् । उनको स्थानमा म्यानचेस्टर सिटीका फर्नान्डिनो टोलीमा आउने छन् । अघिल्लो खेलमा घाइते रहेका मार्सेलो पनि यस खेलमा फर्किने देखिन्छ । ड्यानिलो घाइते रहेकाले फागनरले आफ्नो स्थान सुरक्षित पाउने छन् । त्यस्तै अघिल्लो खेलमा गोल गरेका रोबर्टो फिर्मिनो भने ग्याब्रियल जेससको स्थानमा टोलीमा आउने देखिन्छ ।
बेल्जियमका लागि भने सबै खेलाडी फिट रहेका छन् । फरवार्ड ड्रायस मर्टेन्सलाई बेन्चमा राखी केभिन डि ब्रुयनलाई अगाडी खेलाउने विकल्प पनि प्रशिक्षक रोबर्टो मार्टिनेजसंग रहेको छ । त्यस अवस्थामा फरोने फेलाइनी वा नसिर चाड्लीले टोलीमा स्थान पाउने छन् । बेल्जियमले प्रतियोगितामा सर्वाधिक १२ गोल रहेको छ भने ४ गोल खाएको पनि छ । अर्को तर्फ ब्राजिलले ७ गोल गर्दै केवल १ गोल खाएको छ ।
बेल्जियमको अग्रपंक्ति यस प्रतियोगितामा सबैभन्दा राम्रो लयमा देखिएको छ । अर्को तर्फ, ब्राजिलको रक्षापंक्तिलाई विपक्षीले एक पटक मात्र तोडेको छ । त्यसैले यो खेल ब्राजिलको रक्षापंक्ति विरुद्ध बेल्जियमको अग्रपंक्तिको हेर्न लायक भिडन्तको रुपमा पनि लिइएको छ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]