7 years ago
July 6, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनलमा दुई पटकको विजेता उरुग्वे र १९९८ को विजेता फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे सुरु हुने छ ।
उरुग्वेका लागि एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित हुने छैनन् जुन उरुग्वेका लागि ठूलो धक्का हुने छ । प्रि-क्वाटरफाइनलमा उनकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई २-१ ले हराएको थियो । ४-४-२ को शैलीमा खेल्ने उरुग्वे काभानीको अनुपस्थितिमा ४-५-१ शैली अप्नाउन सक्ने छ ।
अर्को तर्फ, फ्रान्सका लागि मिडफिल्डर ब्लेज माटुइडी प्रतिबन्धित रहेका छन् । अर्जेन्टिना विरुद्धको जितमा खेलाएकै टोली फ्रान्सले उतार्ने लगभग पक्का रहेको छ । फ्रान्सले अहिलेसम्म प्रतियोगितामा ७ गोल गर्दै ४ गोल खाएको छ । उसका लागि युवा खेलाडी किलियन एम्बाप्पेले सर्वाधिक ३ गोल गरेका छन् ।
उरुग्वे भने आफ्नो रक्षात्मक खेलका लागि चिनिने गर्छ र ४ खेलमा ७ गोल गर्दै केवल १ गोल खाएको छ । तर सर्वाधिक गोलकर्ता काभानीको अनुपस्थितिले खेल अघि फ्रान्सलाई यस खेल जित्ने दाबेदार मानिएको छ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]