7 years ago
July 5, 2018
टोकियो (एजेन्सी)– विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको जापानिज फुटबल टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सयौं समर्थक टोलीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
जापान २–० ले अग्रता लिएको बेल्जियमसँगको प्रिक्वार्टरफाइनल अन्तमा ३–२ ले गुमाएको थियो । इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम अन्तिम आठमा प्रवेश गर्दा जापान भने विश्व कपबाट बाहिरिएको थियो ।
यस पटकको विश्व कपको अन्तिम १६ मा पुग्ने एक्लो एसियन टोलीको प्रदर्शनको सबै तिरबाट चर्चा भइरहेको छ । अझै खेलपछि टोलीले ड्रेसिङ रुपमा धन्यवाद रसिया लेखेर छोड्दा सबैतिरबाट जापानी टोलीले प्रशंसा पाइरहेको छ ।
तर, जापानी टोलीले विश्व कपमा राम्रो प्रदर्शन गरेपनि प्रशिक्षक अकिरा निशहिनो भने त्यो पदमा नरहने भएका छन् । उनको नेतृत्वमा जापानले स्तरीय प्रदर्शन गरेपनि उनको निरन्तरता नहुने जापान फुटबल संघले जनाएको छ । संघले जुलाईको अन्त्यमा निशहिनोको सम्झौता अन्य हुने बताएको छ ।
‘सम्झौता सकिएपछि हामी उनलाई प्रशिक्षकको निरन्तरताका लागि भन्ने छैनौं,’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कोजो तासिमाले बताएका छन् ।
विश्व कपको दुई महिना अघि मात्र निशहिनोले टोलीको प्रशिक्षकका रुपमा नियुक्त भएका थिए ।’मैले विश्वकपको अन्तिमसम्म टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारी लिएको थिए,’ निशहिनोले भने, ‘मलाई लाग्छ मैले आफ्नो जिम्मेवारी पुरा गरे ।’
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]